आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौं बौद्धको काठ गोदाममा आगलागी

गोकर्णेश्वर खबर८ फाल्गुन २०७७, शनिबार २१:१३ मा प्रकाशित (३ साल अघि) ६४९ पाठक संख्या

काठमाडौं ,फागुन ८

काठमाडौं बौद्धको काठ गोदाममा आगलागी भएको छ। दियोको बत्ति अन्यत्र सल्किँदा आज बिहान बौद्धस्थित एउटा काठ गोदाम जलेको हो । बिहान ३ बजेको समयमा भएको आगलागी निभाउन काठमाडौं महानगरपालिकाका  दुई वटा दमकल, रामहिटीका ६ वटा ट्याङ्कर र सशस्त्र प्रहरीको २० नम्बर गणका प्रहरी निरिक्षक आशिष गैंडा नेतृत्वको २१ जनाको टोलीलाई करिव तीन घण्टा लागेको थियो ।

बौद्ध फूलबारीस्थित सेतो गुम्बाका अध्यक्ष भुजुङग लामाको उक्त काठ गोदाममा आगलागीबाट झण्डै २० लाख रूपैयाँको क्षति भएको अनुमान गरिएको छ ।