आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाल कम्युनिस्ट पार्टीद्वारा काठमाडौंका १० निर्वाचन क्षेत्रमा सयोजक चयन ,को को बने ?

गोकर्णेश्वर खबर८ फाल्गुन २०७७, शनिबार २०:५७ मा प्रकाशित (३ साल अघि) ८४३ पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टिले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा संयोजक चयन गरेको छ।  फागुन ८ गते बसेको नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटीको बैठकले निर्वाचन क्षेत्रको संयोजन गर्ने जीम्मेवारी तोकेको हो।

नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटिका सदस्यहरुलाई निर्वाचन क्षेत्र स्तरीय संगठन परिचालन र संयोजकको जिम्मेवारी दिएको हो।

जिल्ला कमिटी काठमाडौंको बैठकले क्षेत्र नं १ मा धन बहादुर अछामी, क्षेत्र नं २ मा  सृजन शर्मा ,क्षेत्र नं ३ का विश्वराज श्रेष्ठ ,क्षेत्र नं ४ मा तेज ढकाल ,क्षेत्र नं ५ मा दिपक निरौला ,क्षेत्र नं ६ मा विश्वनाथ लामिछाने ,क्षेत्र नं ७ मा विश्वराम सापकोटा ,क्षेत्र नं ८ मा निमा घ्याम्जुंग लामा,क्षेत्र नं ९ मा अनन्तराम सिग्देल  र क्षेत्र नं १० मा हरिभक्त महर्जनलाई क्षेत्रीय संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

त्यस्तै काठमाडौं जिल्ला कमिटीको कार्यालय सचिवमा विदुर विक्रम खड्कालाई चयन गर्ने निर्णय गरेको बैठक जारी रहेको र आगामी बैठकमा जिल्ला कार्यालय , नगर कमिटी र प्रदेस क्षेत्रोय इन्चार्ज चयन र जिल्ला कमिटीलाई पूर्णता दिने एक जिल्ला कमिटीका सदस्यले जानकारी दिएका छन।