आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

राष्ट्रपति भण्डारी नेकपा गुट-उपगुटमा रोमल्लीदै,प्रदेश २ का प्रदेश प्रमुख परियारलाई हटाईयो

गोकर्णेश्वर खबर७ फाल्गुन २०७७, शुक्रबार २१:४० मा प्रकाशित (३ साल अघि) ५२७ पाठक संख्या

जनकपुर – प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय गरेका छन्।

शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखबाट पदमुक्त गरेपछि उनले अदालत जाने निर्णय गरेका हुन्।

उनका अनुसार राष्ट्रपति कार्यालयबाट प्रदेश प्रमुखको पदबाट मुक्त गरिएको पत्रसमेत आइसकेको छ।

उनले प्रदेश प्रमुखको रुपमा आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभए नि गुट उपगुटको राजनीतिमा आशंकाको भरमा पदमुक्त गरिएको आरोप लगाए।

‘आशंकाको भरमा पदमुक्त गर्न मिल्दैन। त्यस्तै थियो भने आवश्यक तथ्य र प्रमाण देखाउनुपर्थ्यो,’ उनले भने, ‘पूर्वमाओवादीबाट आफू आएको कारण पदमुक्त गरिएको हो भने त्यो अझै दूर्भाग्यपूर्ण हुनेछ।’

उनले आफूलाई बिना कारण पदमुक्त गर्नु व्यक्तिगत मात्र नभई सिङ्गो दलित समुदायमाथिको आक्रमण रहेको दाबी गरे।