आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

मैले बोलेका कुरामा फूलबुट्टा भरेर मुद्दा हालियो : प्रधानमन्त्री (पूर्णपाठ )

गोकर्णेश्वर खबर६ फाल्गुन २०७७, बिहीबार २०:२१ मा प्रकाशित (४ साल अघि) २४२ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको बताएका छन्।

उनले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको जिकिर गरेका छन्।

सर्वोच्च अदालतमा आज आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज योग्य रहेको जनाएका छन्।
प्रधानमन्त्रीले आफूले अदालतको मानहानी नगरेको जिकिर गर्दै आफूले बोलेका कुरामा फूलबुट्टा भरेर मुद्दा हालिएको दाबी गरेका छन्।
हेर्नुहोस् प्रधानमन्त्रीले बुझाएको लिखित जवाफको पूर्णपाठ