आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

काठमाडौंमा प्रथम इन्टर लायन्स म्याराथन प्रतियोगिता हुँदै

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार २२:४४ मा प्रकाशित (३ साल अघि) ६४१ पाठक संख्या

काठमाडौं – काठमाडौंमा प्रथम इन्टर लायन्स म्याराथन प्रतियोगिता हुने भएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए१ को आयोजना तथा ३२५ ए १ का ४० भन्दाबढी क्लबहरुको संयोजनमा आउँदो शनिवार( फागुन ८) अर्थात फेव्रवरी २० तारिकका दिन म्याराथन प्रतियोगिता हुन लागेको हो ।

लायन्स क्लब अफ काठमाडौं सिम्रीकले मुख्य संयोजन गरेको प्रतियोगिता गोकर्णेश्वर नगरपालिकाको शहिद पार्कस्थित जोगडोलमा बिहान ८ बजेबाट संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य उदेश्य बूढानिलकण्ठ झोरस्थित अनाथालय children and youth mobilization academy को पुस्तकालय व्यवस्थापनको लागी गरिएको बताइएको छ ।

प्रतियोगिताको प्रथम,द्धितिय र तृतिय महिला तथा पूरुष धावकलाई ट्रफी,मेडल र प्रमाणपत्र दिइने छ भने टप १० भित्र पर्ने प्रतियोगिलाई मेडल र प्रमाणपत्र दिइने छ । त्यस्तै सहभागी क्लबका सदस्यहरुलाई खाना र टिर्सटको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितालाई छ ब्रदर,मनास्लु वल्र्ड कलेज,कान्ति भैरव सेभिङ एण्ड कोअपरेटिभ,सीजी फूड्स संकटा वाइन एण्ड वेभरेज प्राली,कान्ति भैरवी सप्लायर्स,ओम गृह निमार्ण तथा मामाघर होम स्टे लगायतले सौजन्य गरेका छन् । त्यस्तै कार्यक्रमको व्यवस्थापन सिम्रीक लियो क्लब, गोकर्णेश्वर लियो क्लब र गोकर्णेश्वर ओप्पन स्कट क्रुले गरेका छन् ।