आज: १६ फाल्गुन २०७७, आईतवार | Sun, 28, Feb, 2021

कक्षा १२ को परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार २१:०७ मा प्रकाशित (१ हफ्ता अघि) ९२ पाठक संख्या

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ ।

बोर्डले मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षा समयमै टिकटक बनाएका थिए । बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ ।

साथै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।