आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरप्रमुख सन्तोष चालिसेलाई सुन्ताखानमा नागरिक अभिनन्दन

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार २१:४३ मा प्रकाशित (३ साल अघि) ८९० पाठक संख्या

फागुन ५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ सुन्ताखान स्थित पिस एन्जल्स् स्कूलले नगर प्रमुख सन्तोष चालिसेलाई नागरिक अभिनन्दन गरेको छ । मंगलबार श्री पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आयोजित एक समारोहमा मेयर चालिसेलाई अभिनन्दन गरिएको हो ।

अभिनन्दन समारोहमा बोल्नु हुँदै नगर प्रमुख चालिसेले पिस एन्जल्स स्कूलले गुणस्तरीय शिक्षाका माध्यमबाट नगरपालिकाको पहिचान बढाउने विश्वास व्यक्त गर्नु भयो । अभिनन्दन अघि मेयर चालिसेलाई शान्ति र्याली गरी फूलमालाले स्वागत गरिएको थियो । ठूलो संख्यामा उपस्थित विद्यार्थी, स्थानीय जनता तथा महिला समुहले पुष्पगुच्छा दिएर मेयर सन्तोष चालिसेलाई स्वागत गरेका थिए ।

नेपाली संस्कृतिक तथा मौलिकता झल्किने सामाग्री सहित विभिन्न साहित्यिक, ज्ञानगुणका पुस्तक समेटेर पुस्तकालयमा राखी ज्ञान र संस्कृतिक शिक्षा सहित मौलिक र गुणस्तरीय शिक्षा दिने विद्यालयका अध्यक्ष राजेश विष्टले बताउनु भयो ।

कार्यक्रममा शिवपुरी गाउँपालिका नुवाकोटका अध्यक्ष रामकृष्ण थापाले मेयर चालिसेलाई अभिनन्दन पत्र हस्तान्तरण गर्नु भएको थियो । थापाले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पिस एञ्जल्स स्कूलले नेपाली मौलिक सामग्रीहरु संकलन गरेर उदाहरणीय र प्रेरणादायी काम गरेको बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ तवलावादक प्रा. अच्युतराम भण्डारी, वरिष्ठ साहित्यकार विजय चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार, जय मल्टिपल क्याम्पसका अध्यक्ष भवानी प्रसाद पौडेल, विपि संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेल, गोनपा ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारी, साहित्यकार कञ्चन पुडासैनी, साहित्यकार वेदमणी घिमिरे, वरिष्ठ कलाकार श्रीकृष्ण सिम्खडा, यो हो टिभिका समाचार सम्पादक विक्रम श्रेष्ठ, समाजसेवी छिरिङ दोर्जे लामा पाख्रिन, समाजसेवी रामराजा गौतम, समाजसेवी श्रीकृष्ण के.सी., शिक्षाविद् डा.विदुर चालिसे, प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष जयराम विष्ट, प्रगति महिला समुहका अध्यक्ष कमला पराजुली, समाजसेवी महेन्द्र चालिसे, सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, समाजसेवी किरण बहादुर विष्ट, सयपत्रि महिला समुहको अध्यक्ष मनिषा कटुवाल, सामाजिक अभियन्ता पुण्य गौतम, युवा समाजसेवी राजु सुनार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, स्थानीय वासिन्दा, शिक्षाप्रेमी, अविभावक, विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य सहितको सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । मेयर चालिसेले नेपाली मौलिक परम्परागत अभ्यासको झल्को दिने गरी सांकेतिक रुपमा ढिकि कुट्ने, मोही पार्ने, जाँतो पिस्ने, हलो जोत्नु भएको थियो । कार्यक्रममा पिस एञ्जल्स स्कूलको नवनिर्मित विद्यालय भवनको समेत मेयर चालिसेले उद्घाटन गर्नु भयो ।