आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कांग्रेस पार्टी कार्यालय सानेपामा देउवा र पौडेल पक्षको छुट्टाछुट्टै बैठक

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार २०:२१ मा प्रकाशित (३ साल अघि) ९६३ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज अपरान्ह २ बजे बस्ने भनिएको थियो । तर, पाँच बजिसक्दापनि बैठक सुरु हुन सकेको छैन् ।

पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै पक्षको बैठक छुट्टाछुट्टै बसिरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार पार्टीको १४औं महाधिवेशनको मितिको विषयमा कुरा मिल्न नसक्दा बैठक सुरु हुन नसकेको हो ।

अहिले सभापति देउवा र वरिष्ठ नेता पौडेल आफ्नो पक्षका नेताहरुसँग आन्तरिक छलफलमा छन् । आजको बैठकमा आगामी महाधिवेशनको मिति तय गर्ने र संसद विघटनविरुद्ध सशक्त आन्दोलन चर्काउने विषयमा निर्णय हुने एक नेताले जानकारी दिए ।