आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

भागरथी भट्ट हत्याका आरोपित दिनेश भट्टलाई प्रहरीले गर्यो सार्वजनिक

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार २०:१७ मा प्रकाशित (३ साल अघि) ५१८ पाठक संख्या

काठमाडौं – प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्‍कारपछि हत्या आरोपमा पक्राउ परेका युवक दिनेश भट्टलाई सार्वजनिक गरेको छ ।बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै दिनेलाई सार्वजनिक गरिएको हो ।

१६ वर्षीया दिनेश भट्ट भागरथी भट्ट अध्ययन गर्दै आएको खोचलेकस्थित सनातन धर्म उच्च माविकै विद्यार्थी हुन् । उनी कक्षा ११ मा अध्ययन गर्दै आएका थिए । दिनेश भट्टले प्रहरी सामुको बयानमा प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका छन् ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो । भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो ।