आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोकर्णेश्वर ९ मा लागुपदार्थ दुर्व्यसन विरुद्ध जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार १९:१२ मा प्रकाशित (३ साल अघि) ४८६ पाठक संख्या

३ फागुन, काठमाडौं । गोकर्णेश्वर ९ मा युवायुवतीहरुलाई लक्षित गरी आयोजना गरिएको लागुपदार्थ दुर्व्यसन विरुद्ध जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई वत्ताहरुले लागूपदार्थले जीवन, परिवार र समाजलाई नकारात्मक असर गर्ने भएकोले लागूपदार्थको जोखिमबाट आफू जोगिंदै आफ्ना साथीभाई, दिदिबहिनीहरुलाई जोगाउन सचेत हुनु पर्ने बताए ।

 

समापन कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख सन्तोष चालिसेले लागू पदार्थले जीवनमा हानी मात्र गर्ने भएकोले यूवायूवतिहरुले यसबाट जोगिन विशेष सचेत हुनु पर्ने बताए । उनले दुर्व्यसनको कुनै पनि रुपलाई स्विकार नगर्न आग्रह गरे । उनले आफ्ना साथीहरु दुर्व्यसनबाट गुमाउनु परेको विगतलाई स्मरण गर्दै आफू दुर्व्यसनमा नफसेकोले आज राजनीति र समाजसेवाबाट जनताको सेवा गर्न पाएको बताए ।

 

कार्यक्रममा नगर उप प्रमुख शान्ति नेपालले युवाहरु नजिककै साथी भाईबाट दुर्व्यसनमा फस्ने संभावना भएकोले त्यसबाट बच्नु पर्ने बताए । अहिलेका युवायुवति, विद्यार्थीहरुले अध्ययनमा ध्यान दिन, बाबु आमाले छोराछोरी पढाउन गरेको दुःख बुझेर दुर्व्यसनबाट जोगिएर अध्ययनमा लाग्न, उज्वल भविष्यका लागि मिहिनेत गर्न आग्रह गरे ।

नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले दुर्व्यसनले युवायुवतिको सिर्जनशिलतालाई मार्ने, पारिवारिक विग्रह निम्त्याउने, जीवन तहसनहस पार्ने भएकाले र यसका उदाहरण समाजमा प्रशस्त देखिने भएकोले यसबाट बच्न आग्रह गरे ।

गोकर्णेश्वर नगरपालिकाका वडा नं. ९ का अध्यक्ष राजिव थापाले युवायुवतिहरु लागू पदार्थको दुर्व्यसनमा फस्ने जोखिममा रहने भएकोले उनीहरुलाई सचेतना बढाउने उदेश्यका साथ वडाले कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

दुर्व्यसन विरुद्ध जनचेतनामुलक अभिमुखीकरण कार्यक्रममा दुर्व्यसन विरुद्धका अभियन्ता अमृत तिमिल्सिनाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागी युवायुवतिहरुले कार्यक्रम प्रभावकारी भएको बताए ।

कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ, वडा सदस्य पुरुषोत्तम थापा, हरिकृष्ण कारञ्जित, गमलाकुमारी परियार, समाजसेवी किरण विष्ट सहित स्थानीय युवायुवती र प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।