FLASH NEWS
आज: २९ बैशाख २०७८, बुधबार | Wed, 12, May, 2021

पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो

गोकर्णेश्वर खबर४ फाल्गुन २०७७, मंगलवार २१:२८ मा प्रकाशित (२ महिना अघि) २९२ पाठक संख्या

काठमाडौं – पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ। नेपाल आयल नियगले मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो।

पछिल्लो वृद्धिसँगै काठमाडौं उपत्यकामा अब पेट्रोलको मूल्य ११४ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य ९७ रूपैयाँ कायम गरिएको छ।
निगमका अनुसार मंगलबार राति १२ बजेदेखि वृद्धि भएको मूल्य लागू हुनेछ।

हवाइ इन्धनमा पनि २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिएको छ। हवाइ इन्धनको मूल्य अब ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ।