आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

एमिकस क्युरी : ‘प्रधानमन्त्री गरेको संसद विघटनमा बदनियत देखियो’

गोकर्णेश्वर खबर४ फाल्गुन २०७७, मंगलवार २१:१२ मा प्रकाशित (३ साल अघि) ८२३ पाठक संख्या

काठमाडौं – वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने दाबी गरेका छन् । तर अहिले गरेको विघटनमा प्रधानमन्त्रीको बदनियत देखिएको बताए ।

एमिकस क्युरीका रुपमा संवैधानिक इजलासमा उपस्थित कार्कीले २०७२ को संविधानले विघटनको अधिकार नहटाएको दाबी गरे । २०४७ सालको संविधानको धारा ५३ (४) मा रहेको विघटनको अधिकार २०७२ को संविधानमा धारा ८५ मा साइलेन्ट रहेको बताए ।

उनलाई न्यायाधीश अनिकुमार सिन्हाले सोधे, साइलेन्टमा राखेको हो कि रहन गएको रु

जवाफमा कार्कीले भने, धारा ८५ पनि साइलेन्ट हो, धारा ७६ (७) पनि साइलेन्ट हो ।

उनलाई न्यायाधीश सिन्धाले सोधे, ‘साइलेन्सको व्यवस्था कसरी एक्टिभ हुन्छ त रु

जवाफमा वरिष्ठ अधिवक्ता कार्कीले ७६९१० को प्रधानमन्त्री विघटन गर्दा एक्टिभ हुने बताए । उनले भने, ‘संसद फेल भए धारा ७६(७) अनुसार र सरकार फेल भए धारा ८५ अनुसार विघटन हुन्छ ।’

तर अहिले प्रधानमन्त्री गरेको विघटनमा भने बदनियत देखिएको बताए । पार्टीभित्रको विवादलाई लिएर संसद विघटन गरेको भन्दै उनले भने, यदि अविश्वासको प्रस्ताव आएको, संसदीय दलको नेता परिर्वतन भएको भए रिजनेबल हुनुसक्थ्यो । तर दुवै भएको छैन । यो बेलामा विघटनको अधिकार प्रयोग गर्ने होइन ।’