आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

अदालत अवहेलना मुद्दामा ४ पूर्वप्रधानन्यायाधीश सर्वोच्च पुगेर बुझाए लिखित जवाफ

गोकर्णेश्वर खबर३ फाल्गुन २०७७, सोमबार २२:१० मा प्रकाशित (३ साल अघि) ३०८ पाठक संख्या

काठमाडौं – अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरू सर्वोच्च अदालतमा लिखित जवाफ दिएका छन्।

पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीले आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ दिएका हुन्।

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले आफ्नो छुट्टै लिखित जवाफ पेस गरेका छन् भने बाँकी तीन जनाले संयुक्त लिखित जवाफ दिएका छन्।

सर्वोच्च अदालतले उनीहरूलाई सात दिनभित्र लिखित जवाफ दिन भने पनि म्याद तामेल गरेको थिएन। म्याद बुझाएको थिएन। आज आफैं आएर म्याद बुझेर लिखित जवाफ दिएर फर्किएका छौं,’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने।