आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रियंका भन्छिन्–‘निर्देशकले मलाई बक्षस्थल,नितम्ब र गालाको सर्जरी गर्न भने’

गोकर्णेश्वर खबर३ फाल्गुन २०७७, सोमबार २१:५७ मा प्रकाशित (३ साल अघि) ६०८ पाठक संख्या

एजेन्सी – नायिका प्रियंका चोपडा आफ्नो पुस्तक ‘अनफिनिस्ड’ सार्वजनिक गर्ने तयारीमा छिन् । यो पुस्तकमा उनले आफ्नो करिअरका थुप्रै कुराहरु खुलाएकी छिन् । प्रियंकाले बलिउड यात्राको समयमा आफूलाई निर्देशकले गर्ने व्यवहारदेखि विभिन्न खालका अफरहरुको बिषयमा पनि खुलाएकी छिन् ।

प्रियंकाले आफ्नो पुस्तकमा लेखेकी छिन्–‘जब मैले सन् २००० को मिस वल्र्डको ताज जितेँ, यसपछि म बलिउडमा पाइला राख्ने तयारीमा थिए । मलाई एक जना निर्देशकसँग भेट गराइयो । ती निर्देशकले केही समयको गफगाफपछि मलाई उभिएर घुम्न भने । मैले उनले भने अनुसार नै गरेँ । उनले मलाई केही समयसम्म हेरे र मेरो शरीरका तीन अंगको सर्जरी गर्न सल्लाहा दिए । उनका अनुसार मैले बक्षस्थल, नितम्ब र गालाको सर्जरी गर्नुपर्ने थियो ।’
प्रियंकाले निर्देशकले आफूलाई लस एन्जलसको एक जना राम्रा निर्देशकसँग भेट गराउन सक्ने वाचा समेत गरेको उल्लेख गरेकी छिन् । आफ्ना म्यानेजरले पनि यो कुरामा सकारात्मक प्रतिक्रिया दिएको प्रियंकाले पुस्तकमा लेखेकी छिन् ।

सामाजिक संजालमा एक अडियो सार्वजनिक गर्दै नायिका चोपडाले लेखेकी छिन्–‘मेरो करिअर एउटा यस्तो करिअर हो, जुन शारीरिक वनावटसँग आधारित छ । मलाई यस्तो लाग्थ्यो कि मेरो करिअर सुरु हुनु भन्दा पहिले नै सकिएको छ । मलाई लाग्यो कि स्वर्गको एउटा ढोका मेरो लागि खोलियो र मेरो गालामा थप्पड हानियो । यसले मलाई निकै नै चोट पुर्याएको थियो ।’