आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

नेकपा वरिष्ठ नेता खनालको स्वास्थ्योपचार सुरू

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २१:३९ मा प्रकाशित (३ साल अघि) ९४८ पाठक संख्या

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्योपचार सुरु भएको छ ।

भारतको नयाँ दिल्लीस्थित् एपोलो अस्पतालमा खनालको उपचार सुरु भएको हो । उनी गत शुक्रबार मात्रै दिल्ली पुगेका हुन् । नयाँ दिल्लीमा रहेका पब्लिक ईनोभेटर ईन्जिनियर दीपेन्द्र कँडेलका अनुसार खनालको उपचार सुरु भएको छ ।

नेकपा नेता विष्णु रिजालका अनुसार खनाल चार दिन दिल्लीमा रहनेछन् । र, उनले कुनै राजनीतिक भेटघाट गर्ने सम्भावना नरहेको पनि जनाईएको छ ।