आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

प्रहरी हेडक्वार्टर नक्सालबाटै सइ पक्राउ

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २१:०० मा प्रकाशित (३ साल अघि) ५४६ पाठक संख्या

काठमाडौं – प्रहरी प्रधान कार्यालयमा कार्यरत एक नायब निरीक्षक(सइ) पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरोले सइ पवन श्रेष्ठलाई पक्राउ गरेको हो ।सइ श्रेष्ठको लागु औषध ब्राउन सुगर कारोबारमा संलग्नता देखिएको ब्यूरोले जनाएको छ । ब्राउन सुगरसहित पक्राउ परेका एक युवकमाथि अनुसन्धान गर्ने क्रममा सइ श्रेष्ठको संलग्नता देखिएको छ । सइ श्रेष्ठमार्फत आफुले किनेको ती युवकले बयान दिएका थिए ।

अनुसन्धानको क्रममा सो कुरा पुष्टि भएपछि केही दिनअघि उनलाई ब्यूरोले पक्राउ गरेको हो । उनी अन्य अभियुक्तसँगै हिरासतमा छन् । उनी प्रहरी प्रधान कार्यालयको सुरक्षा महाशाखामा कार्यरत थिए। गत असारमा प्रहरीकै इन्सपेक्टर रुद्र शाही समेत पक्राउ परेका थिए । हाल उनी जेलमा छन्।