आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नायिका प्रियंका कार्कीको ‘फूल भन्दा कोमल’

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २०:५५ मा प्रकाशित (३ साल अघि) ४५९ पाठक संख्या

काठमाडौं – नायिका प्रियंका कार्कीले अभिनय गरेको ‘फूल भन्दा कोमल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रियंकाको जोडीको रुपमा विकेश शाहीले अभिनय गरेका छन् ।

यो गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । यो भिडियोको छायांकन चन्द्रागिरी हिल्सको विभिन्न लोकेशनमा गरिएको छ । हेराकुमार शाहीले निर्माण गरेको भिडियोमा राकेश शाहीको कोरियोग्राफी छ ।

भिडियोमा कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन छ । ओम सुनारको शब्द तथा संगीत रहेको यो गीतमा एलिना चौहानको स्वर छ ।