आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर ३ सुन्ताखानमा करेन्ट सट भई दुई उद्योगमा आगलागि

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २०:४० मा प्रकाशित (३ साल अघि) १०७४ पाठक संख्या

२ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा रहेको सुन्ताखान टोठाडोलमा २ वटा उद्योगमा आगलागि भएको छ ।

आगलागिबाट उद्योग पूर्ण रुपमा क्षति भएको छ । दिउसो पौने २ बजेतिर बिजुली सर्ट भई आगलागि भएको थियो । टोठाडोलमा ५ वर्ष अघिदेखि सञ्चालनमा रहेको शारिका दालमोठ उद्योगमा आगलागी भई लाखौंको क्षति भएको सञ्चालिका राधिका वस्नेतले बताईन् ।

 

यसैगरी सँगै रहेको सिद्धिका प्याकिङ उद्योगबाट बजारमा लैजान तयार गरिएका र प्याकिङका लागि तयार गरिएका चियापत्ति सहित किराना पसलका लागि बजारमा लैजान स्टोर गरिएका सामान समेत जलेका छन् ।

आगलागि पछि गएको काठमाडौं महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट दुबै उद्योग रहेको फलामे टस सहित उद्योगको मेसिन, कच्चा पदार्थ, तेल, पिठो जलेर लाखौंको क्षति भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।