आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

प्रणय दिवसमा कमल लामिछानेको’अन्तिम माया’

गोकर्णेश्वर खबर१ फाल्गुन २०७७, शनिबार २३:०९ मा प्रकाशित (३ साल अघि) ६५३ पाठक संख्या

काठमाडौँ – गायक तथा निर्देशक कमल लामिछानेको अन्तिम माया गीत सार्वजनिक भएको छ । अन्तिम मायामा प्रमोद गुरुङले स्वर भरेका छन् भने शब्द तथा संगीत पनि गायक गुरुङकै रहेको छ ।

सो गीतको म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन निर्देशक नेत्र गुरुङले गरेका छन् । प्रणय दिवसलाई केन्द्रित गरेर सर्वजनिक भएको अन्तिम मायामा निर्देशक एव्म मोडल कमल लामिछाने र मोडल सोफिया धरेलको अभिनय रहेको छ । कमल लामिछानेको यूट्युब च्यानलबाट सो गीत सार्वजनिक भएको छ । अन्तिम मायाले माया प्रेमलाई झल्काएको छ। एक अर्काको साथ पाए जीवनमा अनेक रंग र रश ल्याउन सकिन्छ । एक अर्काको साथ मै संसार जित्न सकिन्छ । एक अर्काको माया र प्रेमलाई विश्वास गरौं । एक अर्कासँगै भयौं भने कहिले बेशाहारा हुनुनपर्ने जस्ता भाव प्रकट भएका छन् ।