आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ

गोकर्णेश्वर खबर१ फाल्गुन २०७७, शनिबार २१:४३ मा प्रकाशित (३ साल अघि) ५४७ पाठक संख्या

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकल सहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्ग रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ गरि तीनै जना माथि अनुसन्धान एवम् सोधपुछ गर्दा चोरीका मुख्य नाइके मकवानपुरको थाहा नगरपालिकाका निरश थिङलाई पनि पक्राउ गरिएको उनले बताए ।

मोटरसाईकल चोरीका सूचनाहरु प्राप्त भए सँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापूर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । विशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाईकल चोरीमा संलग्न गिरोह मोटरसाइकल सहित पक्राउ हुने क्रम बढेको छ ।

यही क्रममा माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिइ मोटरसाइकल चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागि विभिन्न बृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ ।