आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गुहेश्वरी नजिकै वाग्मती नदीमा पुरुषको शव फेला

गोकर्णेश्वर खबर१ फाल्गुन २०७७, शनिबार २१:०४ मा प्रकाशित (३ साल अघि) ४१७ पाठक संख्या

काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मती नदीमा पुरुषको शव फेला परेको छ । मन्दिरबाट करिब १ किलोमिटर पूर्व ढल प्रसोधन केन्द्रसँगै ४७ वर्षीय रजुनमान श्रेष्ठको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले  बताए ।

काठमाडौं–७ मैजुबहाल बस्ने श्रेष्ठको शव घोप्टो परेर डुबेको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

दरबारमार्ग स्थित एक ट्राभल एजेन्सीमा काम गर्ने रजुनमान हरेक बिहान गाडी चलाउन सिक्न गुहेश्वरी करिडोरमा जान्थे । शनिवार लामो समय नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।