आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गएपनि छाड्दैनौं : ओली

गोकर्णेश्वर खबर१ फाल्गुन २०७७, शनिबार १८:५९ मा प्रकाशित (३ साल अघि) ३७७ पाठक संख्या

बुटवल । प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गएपनि नछाड्ने बताएका छन् ।

हत्याराहरुलाई कुनैपनि हालतमा नछाड्ने अठोट गर्दैै प्रधानमन्त्री ओलीले केही समयभित्रै अदालतको कठघरामा उभ्याएर सजाय दिइने बताए ।

बुटबलमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले भने, ‘निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’

प्रधानमन्त्री ओलीले अहिले शान्ति सुरक्षाको स्थिति आमरुपमा राम्रो भएको दावी गरे । ‘हिजो ईंट्टाभट्टामा जलाउनेहरुलाई मन्त्री बनाइयो, आज हामीले हत्कडी लगाएर झ्यालखानामा हालेका छौं । १२ वर्षअघिका अपराधीलाई जेलमा हालेका छौं भने अहिलेका अपराधी पनि उम्किन पाउने छैन’ ओलीले दावी गरे ।