आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रथम चक्र लामा र किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता २०७७ बौद्धमा हुँदै

गोकर्णेश्वर खबर३० माघ २०७७, शुक्रबार १३:४४ मा प्रकाशित (३ साल अघि) ७१८ पाठक संख्या
३० माघ, काठमाडौं । प्रथम चक्र लामा र किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता २०७७ काठमाडौं बौद्धमा भईरहेको छ ।
नेपाल विलियार्ड्स, स्नुकर तथा पुल संघको सहयोगमा भईरहेको प्रतियोगिता माघ २४ गतेदेखि भईरहेको छ । फागुन २ गतेसम्म फस्ट राउण्ड चल्नेछ ।
प्रतियोगितामा ५० जिल्लाबाट करिब २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । बेस्ट अफ फाईभमा खेलाईने प्रतियोगिता एक महिनासम्म चल्ने आयोजकले बताए । मार्चको पहिलो हप्ता फाइनल हुनेछ ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भईरहेको प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय प्राप्त गर्ने छन् । उपविजेताले ९१ हजार ५ सय प्राप्त गर्ने छन् भने तेस्रोले ३० हजार ५ सय प्राप्त गर्ने छन् ।
त्यस्तै १ सय ४७ ब्रेक गर्नेले १० लाख प्राप्त गर्नेछन् भनें हाईएस्ट ब्रेक गर्नेले २१ हजार ५ सय नगद पाउने छन् । सेन्चुरी ब्रेक गर्नेले २ लाख १ हजार र बेस्ट प्लेयरले ११ हजार ५ सय पाउने छन् ।