आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

फागुन ३ गते नेपाली कांग्रेस काठमाडौंले विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउने

गोकर्णेश्वर खबर२९ माघ २०७७, बिहीबार २०:४६ मा प्रकाशित (३ साल अघि) ८९९ पाठक संख्या
माघ २९, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आज प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध फागुन ३ गते गर्ने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आज काठमाडौं महानगरपालिकाका वडाका जनप्रतिनिधिहरुसँग छलफल गरी ३ गते १ बजे वशन्तपुरमा आयोजना गरिने विरोध कार्यक्रमलाई सफल बनाउन क्षेत्रपाटी, असन, न्युरोडगेट र परोपकार ४ ठाउँबाट वशन्तपुर डबलीसम्म ¥याली गरि विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
छलफलमा काठमाडौं जिल्ला कार्यसमितिका सभापति कृष्ण सबुज बानिया, नेपाली कांग्रेस वागमति प्रदेश दलका सचेतक छिरिङ दोर्जे लामा लगायत जिल्ला कार्यसमितिका पदाधिकारी र वडाका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
छलफलमा काठमाडौं जिल्ला कार्यसमितिका सभापति कृष्ण सबुज बानियाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्धको प्रदर्शनमा जनताले नेपाली कांग्रेसलाई साथ दिईरहेकाले संविधान, गणतन्त्र र संघीयताको रक्षाका लागि विरोध कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले नेपाली कांग्रेस संविधान, गणतन्त्र र संघीयताको रक्षाका लागि जिम्बेवार र प्रतिबद्ध भएर अगाडी बढेको समेत बताउनु भयो ।