आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

रामकुमारी झाँक्री रिहा

गोकर्णेश्वर खबर२९ माघ २०७७, बिहीबार १९:३७ मा प्रकाशित (३ साल अघि) ८८५ पाठक संख्या

काठमाडौं । बिहीबार दिउँसो पक्राउ परेकी नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छन् । दिउँसो १ बजे पक्राउ परेकी उनलाई साँझ रिहा गरेको अपराध महाशाखाका प्रहरी उपरिक्षक कृष्ण कोइरालाले जानकारी दिए । उनलाई श्रीमानको जिम्मा लगाएर रिहा गरिएको उनले डिसी नेपाललाई जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको थियो । पक्राउपछि सोधपुछका क्रममा झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीप्रति हिजो पनि सम्मान रहेको र सधै रहिरहने बताएकी प्रहरीले जनाएको छ ।

महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको थियो ।