आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोकर्णेश्वर ९ मा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

गोकर्णेश्वर खबर२८ माघ २०७७, बुधबार १०:४९ मा प्रकाशित (३ साल अघि) ९०६ पाठक संख्या

२७ माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ द्वारा सञ्चालित ९ दिने उद्घोषण तथा भाषणकला तालिम आज सम्पन्न भएको छ ।उद्घोषण तथा भाषणकला तालिममा सहभागी महिलाहरुले विभिन्न विषयमा आफ्ना कुराहरु राखेका थिए । सहभागी महिलाहरुबाट गीत कविता वाचन पनि गरिएको थियो ।

प्रमुख अतिथी मेयर सन्तोष चालिसेले तालिममा सहभागिहरुको प्रस्तुतिले तालिम सफल भएको संकेत गरेको भन्दै सहभागि र प्रशिक्षकलाई धन्यवाद व्यक्त गर्नु भयो । चालिसेले कतिपय कार्यक्रमहरु तलिमका लागि तालिम मात्र हुने गरेकोमा तालिममा सहभागिहरुको प्रस्तुती र आत्मविश्वास देख्दा नगरपालिकाको लगानी धेरै सदुपयोग भएको भन्दै खुसि व्यक्त गर्नु भयो ।

नगरपालिकाका उपमेयर शान्ति नेपालले महिलाहरु बलियो भए घरपरिवार समाज बलियो हुने भएकोले महिला सशक्तिकरणमा महिलाहरु एकजुट भएर कार्य गर्न आवश्यक रहेको बताउनु भयो ।

 

नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले समाजको विकासको लागि महिला र पुरुष दुबै सशक्त हुनु पर्ने भएकोले समाजले पछाडि पारिएका महिलाहरुलाई सशक्तिकरण गर्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनु भयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष तथा समापन समारोहका अध्यक्ष राजिव थापाले उद्घोषण तथा भाषणकला तालिम सफल भएकोमा खुसी व्यक्त गर्नु हुँदै वडा महिलाहरुको विकासका लागि कार्य गर्न सँधैं तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका उपमेयर शान्ति नेपालले तालिममा सहभागिहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । प्रशिक्षण सुरेखा प्रोफेसनल ट्रेनिङ सेन्टरका रेखा दुलालले दिनु भएको थियो ।