आज: १२ फाल्गुन २०७७, बुधबार | Wed, 24, Feb, 2021

गोकर्णेश्वरमा ‘कोपोमीस’ अभिमुखिकरण कार्यक्रम हुदै

गोकर्णेश्वर खबर२८ माघ २०७७, बुधबार १०:२३ मा प्रकाशित (२ हफ्ता अघि) १११ पाठक संख्या

२७ माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा सहकारी संस्थाहरुका लागि सहकारी तथा गरिवी व्यवस्थापन सम्वन्धि सूचना प्रणाली ‘कोपोमीस’ अभिमुखिकरण कार्यक्रम भईरहेको छ । तालिमको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका छन् । माघ २६ गतेबाट शुरु भएको अभिमुखिकरण कार्यक्रम फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । पाँच/पाँच दिन गरी २ पटक हुने कार्यक्रममा ३८ जनाले ‘कोपोमीस’ सम्वन्धि अभिमुखिकरण तालिम प्राप्त गर्नेछन् ।

कोपोमीस’ अभिमुखिकरण कार्यक्रम उद्घाटन गर्नु हुँदै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उत्पादनमुलक क्षेत्रमा सहकारीले लगानी गर्न आवश्यक रहेकोमा जोड दिनु हुँदै उत्पादनमुलक क्षेत्रमा सहकार्य गर्न नगरपालिकाले जोड दिने बताउनु भयो । नगरपालिकाका उपमेयर शान्ति नेपालले छरिएर रहेका साना पूजिलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भएकोले यसले महिलाको विकासमा पनि सहयोग पुग्ने बताउनु भयो । उहाँले सहकारीको प्रभावकारी अनुगमनको आवश्यकतामा जोड दिनु भयो ।

 

कार्यक्रमका सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले गोकर्णेश्वरको आर्थिक सामाजिक साँस्कृतिक क्षेत्रमा विकासमा सहकारीको योगदान देखिने गरी काम गर्न आग्रह गर्नु भयो । उहाँले उत्पालनमुलक क्षेत्रमा सहकारीले लगानी गर्न पाउने कार्यविधिमा उल्लेख भएकोले सहकारीहरुलाई ध्यानाकर्षण गर्नु भयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले समाजको समष्टिगत विकासमा सहकारी महत्वपूर्ण पक्ष भएकोले सदस्य केन्द्रीत प्रणालीबाट सहकारीले समाजलाई पु¥याउने योगदान उच्च रहेको बताउनु भयो । उहाँले सहकारीहरु व्यवस्थित र पारदर्शि हुनै पर्नेमा जोड दिनु भयो ।

 

गोकर्णेश्वर नगरपालिकाका वडा नं. ९ का अध्यक्ष राजिव थापाले सहकारीले सामाजिक विकासको भावनाले काम गर्न आवश्यक रहेकोमा जोड दिनु हुँदै सहकारीको स्वस्थ प्रतिश्पर्धाले सामाजिक विकासमा ठूलो योगदान दिन सक्ने बताउनु भयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका सहकारी उपशाखाका संयोजक लक्ष्मण चौंलागाई, सहकारी अभियन्ता न्हुछे नारायण श्रेष्ठ लगायतले अभिमुखिकरण कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।