आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

स्वेता रक्तदान अभियान २०२१ को शुभारम्भ

गोकर्णेश्वर खबर२० माघ २०७७, मंगलवार २२:१२ मा प्रकाशित (३ साल अघि) ५२६ पाठक संख्या
२० माघ, काठमाडौं । आजबाट स्वेता रक्तदान अभियान २०२१ को शुभारम्भ भएको छ । सन् २०२१ मा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्यका साथ शुरु गरिएको स्वेता रक्तदान अभियान २०२१ अर्न्तगत आज चाबहिल स्थित चारुमती विहारमा रक्तदान कार्यक्रमको आयोजना गरी शुभारम्भ भएको छ ।
अभियानकर्ता स्वेता श्रेष्ठको आयोजनामा अभियान शुरु भएको हो । अभियान २०२१ को शुभारम्भ सिफलमा रहेको नेपाल रेडक्रस सोर्साईटी चावहिल, पशुपति, बौद्ध उपशाखा र स्वास्थ्यकर्मी समेतको सहयोगमा भएको थियो । आज आयोजना गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ बागमति प्रदेश सभाका नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामा, बागमति प्रदेश सभा सदस्य नरोक्तम डंगोलले रक्तदानको लागि सामग्री हस्तान्तरण गरी शुरु भएको थियो ।
आज स्वेता रक्तदान अभियान २०२१ सुभारम्भ कार्यक्रममा बागमति प्रदेश सभाका नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामा, बागमति प्रदेश सभा सदस्य नरोत्तम डंगोल, काठमाडौं महानगरपालिका वडा नं। ६ का अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी र कमला बयलकोटी, काठमाडौं महानगरपालिका वडा नं। ७ का अध्यक्ष शुद्धकुमार डंगोल तथा युवा समाजसेवी ग्रिन स्मिता, अभियानकर्ता तथा अभियानकी संयोजक स्वेता श्रेष्ठ, नव दीपज्योती महिला उत्थान सहकारी संस्था, हृयुल्सा महिला समुहका प्रतिनिधि, पाथिभरा गृहश्रमिक महिला समुहका प्रतिनिधि तथा काठमाडौं ट्रेनिङ सेन्टरका सामाजिक परिचालनका प्रशिक्षार्थी, पशुपति मा.वि. लगायतका विद्यालयका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । शुभारम्भको दिनमा १९ पिन्ट रगत संकलन भएको अभियानकर्मी स्वेता श्रेष्ठले बताईन् ।
विश्वव्यापि कोरोना महामारी पछि नेपालमा पनि रगतको अभाव देखिएकोले सन् २०२१ मा वर्षभरीमा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्य लिएर आफूले अभियान शुरु गरेको बताईन् ।