आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कागेश्वरी मनोहरा नगरपालिकामा डिजिटल बडापत्र जडान

गोकर्णेश्वर खबर१९ माघ २०७७, सोमबार ०९:५८ मा प्रकाशित (३ साल अघि) १३६३ पाठक संख्या

काठमाडौं माघ १९।  कागेश्वरी मनोहरा नगरपालिकाले डिजिटल प्रबिधि बाट  नागरिक बडा पत्र र नगरका बिकास निर्माणको  झलकको  जानकारी लिन सकिने नयाँप्रबिधिको डिजिटल बोर्ड  जडान गरेको छ ।नगरपालिकाको कार्यलयमा जडान गरिएको सो डिजिटल बोर्डमा  नागरिक वडा पत्र देखि नगरपालिकाले गर्दै आएको बिवरण सुचना समेत सार्वजनिक गरिदै आएको छ।

 सार्वजनिक सेवा प्रवाह, सूचनाको पहुँचमा सहजता ल्याउन सो प्रबिधि जडान गरिएको   नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए । अडियो सुनिने  मनिटरमा  देखिने भएकाले सबै प्रकारका नागरिकहरुलाई सूचनाको पहुँच पुग्नेछ । उनले भने,

‘कुनै पनि सरोकारवालाले सहजै रुपमा सेवाग्राहीको पिरमर्का बुझ्ने तथा नगरपालिकाले हाल सम्म गर्दै आएका विकास निर्माणका बारेमा जनतालाई थाहा दिनको लागि पनि   सो डिजिटल प्रबिधि जडान गरेको उनले बताए। ‘सेवाग्राहीलाई सहज बनाउने केही सिर्जनात्मक कार्य गरौँ  भन्ने सोचका साथ् डिजिटल बोर्ड राखिएको बताउदै सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनका लागि सबैको साथ चाहिने बताए ।