आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

जोरपाटी–सुन्दरीजल सडक विस्तार गर्न मेयर चालिसेसहितका जनप्रतिनिधि नै सडकमा उत्रिए

गोकर्णेश्वर खबर१३ माघ २०७७, मंगलवार ११:२० मा प्रकाशित (३ साल अघि) १९८८ पाठक संख्या

काठमाडौं माघ १३। जोरपाटी–सुन्दरीजल सडक विस्तारको कामले  गति लिएको छ । लामो समयदेखि तोकिएको मापदण्ड २२ मिटर कायम गर्नका लागि प्रयास भए पनि नसकिएपछि  हाललाई नगरपालिकाको सक्रियतामा १४ मिटर कायम गरि साइड क्लियर गर्ने काम सकिएको छ ।

 

सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जाविना भत्काउन नदिने भनी विरोध गरेपछि बिस्तारको काम हुन सकेको  थिएन तर पटक पटक नगरपालिका र स्थानीय बीचको छलफल पश्चात १४ मिटरमा गर्ने सहमति भए पनि स्थानीयले बाटो बिस्तारमा  परेका आफ्ना  पर्खाल टहरा भत्काउन आनाकानी गरे पछि  नगरपालिकाले बाध्य भएर आइतबार  प्रहरी प्रशासन र स्थानीयको सहयोगमा साइड क्लियर गरेको हो  ।

सो खण्डमा रहेका ९ सय घरले  १४ मिटर कायम गरि   बाटो बिस्तारमा सहयोग गरे पनि करिब ५/७ घरधनीले  विस्तारमा अवरोध गरे पनि नगरपालिका बाटो विस्तार को क्रममा साइड क्लिएर गर्ने काममा सफल  भएको नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले बताए ।सरकारले २२ मिटर भनेपनि आफ्ना जनतालाई अफ्ठेरो नपरोस भनी  १४ मिटर बाटो विस्तार गर्न खोज्दा पनी  पटक पटक अवरोधको सामना गर्न परेको तितो यथार्थ सुनाउदै सडक सबैको साझा भएको र  जनतालाई  मार नपरोस भनेर  नगरपालिकाले पटक पटकको छलफल पश्चात सो कायम गरि बाटो विस्तार गर्न लागिएको बताउदै त्यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

उक्त साइड क्लियर गर्ने क्रममा पटक पटक स्थानीयले बिरोध गरेका थिए बिरोधका बाबजुत पनि नगर प्रमुख सन्तोष चालिसे, जनप्रतिनिधि र स्थानीय  सहित प्रहरी प्रशासनको सहयोगमा   साइड क्लिएर गर्न   सफल भएका छन्।बिस्तारको काम अघि नबढ्दा यो सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ ।मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा पानी प्रशोधन केन्द्रलगायत संरचना निर्माणका लागि सामग्री लैजानसमेत यही सडक प्रयोग हुँदा सडक थप बिग्रिएको थियो।विस्तारका क्रममा रहेको सडकमा मर्मतसमेत नहुँदा स्थानीयवासी हैरानी भोग्दै आएका थिए ।साइड क्लिएर गरे संगै अब सडक बन्नेमा स्थानीयमा आशा  पलाएको बताएका छन।  त्यसै गरि २२ मिटर बाटो आवश्यक भएको स्थानमा अहिले १४ मिटर मात्र कायम हुनुले पुन भबिष्यमा  जनताले सास्ती पाउने अवस्था आउन सक्ने  पनि बताएका छन।