आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

युवा नेता तीर्थ लामाबाट उपचार-सहयोगपछि काभ्रे रोशीका ठूलोकान्छा तामाङ घर फर्किए

गोकर्णेश्वर खबर१३ माघ २०७७, मंगलवार ०९:५५ मा प्रकाशित (३ साल अघि) ५६६ पाठक संख्या

१३ माघ, काठमाडौं । दाहिने खुट्टामा पूरानो घाउका कारण वर्षौदेखि थलिएर घरमै बस्न बाध्य काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय ठूलोकान्छा तामाङ उपचारपछि निको भएर घर फर्किएका छन् ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका उनको काठमाडौंको कान्तिपुर अस्पतालमा १३ दिनसम्म उपचार गराइएको थियो । उपचारका क्रममा शल्यक्रियामार्फत उनको दााहिने खुट्टाको तीन वटा औंला काट्नु परेको छ ।

वर्षौदेखि थला परेका ठूलोकान्छा तामाङले उपचारपछि हिँडेर घर फर्कन पाउँदा निकै खुशी महसुस गरेको बताएका छन् । उनको उपचारमा नेपाली कांग्रेसका युवा नेता तथा काभ्रे क्षेत्र नं. १ का पूर्व सांसद तीर्थ लामाले सहयोग गर्नु भएको थियो ।

युवा नेता तीर्थ लामाले मानवीय नाताले उपचारको खर्च व्यवस्थापन गर्न पाउँदा आफूलाई धेरै सन्तोषको अनुभूति भएको बताउनु भएको छ ।-(आशिष लामा)