आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

चामुण्डा मा.वि.पूर्व विद्यार्थी मञ्चले ३ सय ८६ जना विद्यार्थीलाई स्वेटर वितरण

गोकर्णेश्वर खबर१२ माघ २०७७, सोमबार २२:५९ मा प्रकाशित (३ साल अघि) ९८३ पाठक संख्या

१२ माघ, काठमाडौं । चामुण्डा मा.वि.पूर्व विद्यार्थी मञ्चले विद्यार्थीहरुलाई स्वेटर वितरण गरेको छ । आज चामुण्डा मा.वि. नारायणटार जोरपाटिमा आयोजित स्वेटर वितरण कार्यक्रममा मञ्चले ३ सय ८६ जना विद्यार्थीहरुलाई स्वेटर वितरण गरेको हो ।

 

 

चामुण्डा माविमा अध्ययनरत विद्यार्थीहरुलाई प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, कार्यक्रमका अतिथी तथा संस्थाका अध्यक्ष कुमारराज सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक सिंह भण्डारी, प्राचार्य यादव प्रसाद पौडेल, समाजसेवी ईश्वर सापकोटा , कर्ण थिङ, रान्जीता ठकुरी , शेखर सुवेदी लगायतका अतिथीहरुले स्वेटर वितरण गर्नु भएको थियो ।

चामुण्डा माविमा अध्ययनरत पूर्व विद्यार्थीहरुको संस्था चामुण्डा मा.वि.पूर्व विद्यार्थी मञ्चले हाल चामुण्डा मा.वि.मा अध्ययन गरिरहेका नर्सरी देखि कक्षा ४ सम्म अध्ययनरत ३ सय ८६ जना विद्यार्थीहरुलाई स्वेटर वितरण गरेको छ ।

विद्यार्थीहरुलाई स्वेटर वितरण कार्यक्रमका लागि पूर्व विद्यार्थी मञ्च तथा विद्यालय व्यवस्थापन समितिका सदस्य हरिकृष्ण भण्डारी, मञ्चका अध्यक्ष कुमारराज सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक सिंह भण्डारी लगायतको सहयोगबाट स्वेटर खरिद गरी वितरण गरिएको हो ।

२०७६ सालमा गठन भएको चामुण्डा मा.वि.पूर्व विद्यार्थी मञ्चमा उपाध्यक्ष रत्नमान लामा आँशु, सचिव शान्ताराम आचार्य, सहसचिव बच्चुराम शर्मा कुइकेल र कोषाध्यक्ष लक्ष्मी शाह हुनुहुन्छ ।