आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सरकारी रवैयाको भत्सर्ना गर्दै बृहत् नागरिक आन्दोलनद्धारा तेस्रो जनआन्दोलनको घोषणा

गोकर्णेश्वर खबर१२ माघ २०७७, सोमबार २२:१६ मा प्रकाशित (३ साल अघि) ४२७ पाठक संख्या

काठमाडौँ — प्रतिनिधिसभा विघटनकोविरुद्ध सोमबार बालुवाटार मार्च पासका क्रममा भएको प्रहरी हस्तक्षेपले केपी शर्मा ओली नेतृत्वको दमनकारी चरित्र उजागर भएको नागरिक आन्दोलनले बताएको छ । प्रतिनिधिसभा विघटनकोविरुद्ध सोमबार बालुवाटार मार्च पासका क्रममा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको दमनकारी चरित्र उजागर भएको नागरिक आन्दोलनले बताएको हो ।

सोमबार नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै युग पाठकले शान्तिपूर्ण भेलामा सरकारले निर्मम दमन गरेको बताएका छन् । नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौं नागरिकहरू घाइते भएको पनि पाठकले जनाएका छन् ।

शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हताश मनोदशा र दमनकारी चरित्र उजागर गरेको छ, विज्ञप्तिमा भनिएको छ ।

सरकारी रवैयाको बृहत् नागरिक आन्दोलन घोर भत्सर्ना गर्दै सबैखाले राजनीतिक एवं सांस्कृतिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलनको पनि घोषणा गरेको छ ।
सोमबार प्रदर्शनको क्रममा संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई घाइते भएका थिए । उनीहरुको काठमान्डु मोडल अस्पताल, हेल्पीङ ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार भएको थियो । गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् ।

यसैगरी सबैखाले राजनीतिक एवं सांस्कृतिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा समेत गरेको छ ।