आज: १६ फाल्गुन २०७७, आईतवार | Sun, 28, Feb, 2021

भुलेर पनि नखानुहोस् सुत्नुअघि यी खानेकुरा

गोकर्णेश्वर खबर११ माघ २०७७, आईतवार २३:०६ मा प्रकाशित (१ महिना अघि) १२४ पाठक संख्या

काठमाडौँ – कतिपय मानिसलाई सुत्ने बेलामा धेरै असहज महसुस गर्छन्। यसको प्रमुख कारण हो, सुत्नु अघि खाइएको खानेकुराहरु।

धेरैजसो व्यक्तिहरुलाई बेलुका जंक फुड मात्रै होइन विभिन्न पोशक तत्व भएको हरियो सागशब्जी पनि खानु हुँदैन भन्ने थाहा नहुन सक्छ। सुत्नु अघि हरियो सागशब्जी खाँदा कतिपयलाई असहज महसुस गराउन सक्छ।

सुत्नु अघि भुलेर पनि नखानुहोस् यी खानेकुरा

ब्रोकाउली र बन्दाकोबीः एक नयाँ अनुसन्धानअनुसार ब्रोकाउली र बन्दाकोबीमा भरपुर मात्रामा भिटामिन पाइन्छ। तर यसमा हुने अघुलनसिल फाइबरलाई पचाउन निकै समय लाग्ने गर्दछ र असहज महसुस हुन्छ। त्यसैले सुत्नु अघि यी शब्जी खानुहुँदैन।

चिजः चिजको सेवन रातको खानामा गर्नु हुँदैन, किनभने यसमा टायरामाइन र एमिनो एसिड पाइन्छ। यसले पेट दुख्ने र पोल्ने समस्या हुने गर्दछ।

मदिराः हुन त मदिराको सेवनले राम्रो निन्द्रा लाग्छ भनिन्छ, तर यसले शरीरमा नकारात्मक असर गर्दछ र बिस्तारै बिस्तारै निन्द्रा नलाग्ने समस्या सुरु हुन थाल्छ।

कफीः कफी पिउनु मानिसको बानी मात्र नभई एक किसिमको नशा पनि हुन्छ । कफीमा क्याफिन नामक तत्व पाइन्छ, जसले निन्द्रमा नकारात्मक प्रभाव पर्ने गर्दछ। सुत्नु अघि कफीको सेवनले मानिसलाई धेरै बेर निन्द्रा नलाग्न सक्छ र शरीरको सिस्टम नै बिग्रिन सक्छ।

डार्क चकलेटः डार्क चकलेटमा क्याफिन र एमिनो एसिड दुवै पाइन्छ। जसले शरीरलाई निकै ऊर्जा दिने हुनाले डार्क चकलेट्को सेवन दिउँसो मात्र गरेको राम्रो हुन्छ ।

सुन्तलाको जूसः सुन्तलाको जुस शरीरका लागि निकै नै फाइदाजनक हुने गर्दछ। बिहान ब्रेकफास्टमा पिउँदा भरपुर ऊर्जा मिल्ने गर्दछ। तर सुत्नु अघि यसको सेवनले निन्द्रा नलाग्ने समस्या निम्त्याउन सक्छ।

रातो मासुः रातो मासुमा अत्यधिक प्रोटिन पाइन्छ, जुन बेलुका मानव शरीरलाई पचाउन निकै बेर लाग्छ। जसले सुत्ने बेला अप्ठ्यारो हुनुका साथै निन्द्र नलाग्ने समस्या हुन थाल्छ।

टमाटरको ससः टमाटरको सस प्रायजसो मानिसले निकै रुचाउने गर्दछन् । यसमा धेरै मात्रामा एसिडिटी भएको कारण खाएपछि कहिले काहीँ अपच हुने र छाती पोल्ने समस्या हुन सक्छ।

डाइटिशियनको सल्लाहअनुसार यदि बेलुकाको खानामा टमाटरको सस सेवन गरेमा कम्तिमा तीन घण्टापछि मात्र सुत्न जाँदा राम्रो हुन्छ ।

पानीः राती अत्याधिक पानी पिउनाले पटक पटक शौचालय जानु पर्ने हुन्छ, जसले निन्द्रा खराब हुनसक्छ। त्यसैले पानी दिउँसोको समयमा पिएको राम्रो हुन्छ।