आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर ५ र ६ भित्र रहेका सामुदायिक कुकुरहरुलाई निशुल्क रेबिज बिरुद्दको सुइ र बन्ध्याकरण सम्पन्न

गोकर्णेश्वर खबर११ माघ २०७७, आईतवार २१:४८ मा प्रकाशित (३ साल अघि) ५२८ पाठक संख्या

काठमाडौं माघ ११।  गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ६ भित्र रहेका सामुदायिक कुकुरहरुलाई निशुल्क रेबिज बिरुद्दको सुइ र बन्ध्याकरण गरिएको छ । गोकर्णेश्वर नगरपालिका ,नगर पशु सेवा शाखा र नेशनल जुनोशिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर चागल काठमाडौंको आयोजनामा चामुण्डा  माबी नारायणटार जोरपाटीमा  भएको कार्यक्रममा  २ सय भन्दा बढी कुकुरहरुलाई रेबिज बिरुद्दको सुइ तथा  सामुदायिक कुकुरहरुलाई  बन्ध्याकरण गरिएको गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले बताए।

 जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालीम प्राप्त पशुविज्ञको टोली तथा नगरपालिकाका कर्मचारीको सहयोगमा कुकुरलाई बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्ध खोप लगाइएको बताए।

पछिल्लो समय नगरका विभिन्न स्थानमा कुकुरको टोकाइबाट नगरवासी पीडित भएको गुनासो आइरहेको सन्दर्भमा सञ्चालन गरेको यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । पशु स्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको  पनि वडा अध्यक्ष सुवेदीले  बताए । उनले रेबिज रोगबारे सर्वसाधारणलाई जनचेतना दिन पनि कार्यक्रम सहयोगी बनेको बताए । सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल सहित  स्थानीयहरुको उपस्थिति रहेको थियो ।