आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

ओलीले स्पष्टीकरण नदिएपछि पार्टी सदस्यबाटै हटाइयो

गोकर्णेश्वर खबर११ माघ २०७७, आईतवार १९:४७ मा प्रकाशित (३ साल अघि) ४९८ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाटै हटाइएको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहले पार्टीबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणको जवाफ नआएको र पार्टीविपरीतका क्रियाकलाप जारी राखेकाले साधारण सदस्यबाटै हटाइएको स्थायी कमिटीको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा केन्द्रीय कमिटीले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।

“अहिले पार्टीको साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको छ,” श्रेष्ठले भने, “यसअघि अध्यक्ष पदबाट हटाइएपछि पनि संविधान र पार्टीका विरुद्धमा लगातार गतिविधि गरेकाले विधानअनुसार पार्टी सदस्यताबाट स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण नदिएपछि पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको छ ।”