आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

एभरेष्ट फेसन होमद्वारा आयोजना गरिएको मिस तामाङ २०२१ को पहिलो अडिसन सम्पन्न

गोकर्णेश्वर खबर१० माघ २०७७, शनिबार २३:५१ मा प्रकाशित (३ साल अघि) १०७० पाठक संख्या

१० माघ, काठमाडौं । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिएको मिस तामाङ २०२१ को पहिलो अडिसन सकिएको छ । शनिबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा १७ जनाले पहिलो अडिसनमा भाग लिएका कार्यक्रम निर्देशक रञ्जिता लामाले बताउनु भयो ।

एभरेष्ट फेसन होमले आयोजना गरेको मिस तामाङ २०२१को अडिसन आज शनिबार नयाँ बानेश्वरमा गरिएको हो । अडिसनमा काठमाडौंकी सीषमा लामा, काभ्रेकी प्रतिभा तामाङ, सफलता तामाङ, संगीता लामा, सुजाता तामाङ, रिमा लामा, सिता दोङ, दिपाशा लामा दोङ र प्रतिभा लामा रहेका छन् । आजको पहिलो अडिसनमा सहभागिता जनाउने अन्य सहभागिहरुमा रामेछापकी ज्योती लामा, नुवाकोटकी सुनिता तामाङ, सिन्धुलीकी गंगामाया रुम्बा र पासाङ ब्लोन, दोलखाकी अनिता तामाङ, धादिङकी आनन्दी तामाङ, रसुवाकी सविना गोले, भक्तपुर नगरकोटकी सफिला थिङ, धरानकी बिनिता तामाङ रहेकी छिन् । ग्राण्ड अडिसन २ हप्ता भित्र भईसक्ने कार्यक्रम निर्देशक रञ्जिता लामाले बताउनु भयो । अडिसनबाट छनौट भएकालाई एक महिनाको तालिम दिइने कार्यक्रम निर्देशक लामाले जानकारी दिनुभयो ।

२८५७ औं सोनाम ल्होछारकोअवसरमा आयोजना गरिने प्रतियोगिताको फिनाले फागुन १५ गते काठमाडौंको होटल ¥याडिसनमा हुनेछ । आजको अडिसनमा मिस तामाङ २०१९ को फस्ट रनर अप तथा नेल टेक्निसियन, बाइक राइडर, मोडल नवाङ मोक्तान तथा नायिका, मोडल, सामाजिक अभियन्ता सुनिता दोङ र मिस तामाङ २०२१ को कार्यक्रम निर्देशक रञ्जिता लामा त्रयले संयुक्त रुपमा जजको रुपमा सहभागीहरुसँग अडिसन लिनु भएको थियो ।