आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

अधिवक्ता भण्डारीलाई लक्षित गर्दै ओलीले भने-‘एउटा बाजे वकिललाई तमासा गर्न सर्वोच्च लिएर गएछन्’

गोकर्णेश्वर खबर९ माघ २०७७, शुक्रबार १८:४३ मा प्रकाशित (४ साल अघि) ७१६ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर व्यक्तिगत टिप्पणी गरेका छन् ।

बबरमहलमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन ।’

रिट निवेदकको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता भण्डारी नेपालको पहिलो लाइसेन्स प्राप्त वकिल हुन् ।

संविधानमा प्रतिनिधिसभा पुनःस्थापनाको ठाउँ नै नभएको उनको दाबी छ । कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘वकिलहरूले कुरा फिट्याफिट्यै छ तर संसद पुनःस्थापना हुनै सक्दैन ।’

सर्वोच्चमा बहस गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्रीले पार्टीको विवाद सं‌सदमा लगेर पोखेको भन्दै छोरी कुटेर बुहारी तर्साउन खोजेको टिप्पणी गरेका थिए ।