आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

संसद विघटन गरेर ओलीले देश राजनीतिक अस्थिरतामा लगे : वरिष्ठ नेता पौडेल

गोकर्णेश्वर खबर८ माघ २०७७, बिहीबार २०:५१ मा प्रकाशित (३ साल अघि) ३६२ पाठक संख्या

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् ।

काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उहाँले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए ।

“निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ”, उनले भने । संविधानले बहुमतको सरकारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको उहाँको जिकिर थियो ।

काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए । काठमाडौँ–१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि काँग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।