आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

बालुवाटारमा संघीयता खारेज गर्ने छलफल भएको गोप्य सूचना पाए : नेता शर्मा

गोकर्णेश्वर खबर८ माघ २०७७, बिहीबार १९:२० मा प्रकाशित (३ साल अघि) ४९४ पाठक संख्या

सुर्खेत – नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संघीयता खारेज गर्ने विषयमा छलफल चलेको बताएका छन् ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेता शर्माले बालुवाटारमा समानुपातिक समावेशी सिद्धान्त र संघीयता खारेज गर्ने छलफल भएको आफुले गोप्य सूचना पाएको दावी गरेका हुन् ।

‘एउटा गोप्य सूचना आएको, अस्ति भर्खरै बालुवाटारमा आगामी निर्वाचनबाट समानुपातिक समावेशी र संघीयता खारेज गर्ने छलफल भएछ,’ नेता शर्माले भने, ‘समानुपातिक प्रतिनिधित्व खारेज गरेमात्रै आगामी चुनाव जित्छौं भनेर हिसाब किताब गर्नु ठूलो मुर्खता हो । यस्ता दिवास्वप्न हामी पूरा दिने छैनौं ।’

शर्माले अब केपी ओली समूहसँग एकता असम्भव रहेको बताए । ‘राष्ट्रघाती, जनघातीसँग एकता हुनसक्दैन, जनताको अधिकार खोस्नेसँग एकता चाहिँदैन’ उनले भने ।

आफूहरु पद प्रतिष्ठाको नभइ नागरिकलाई संविधानले दिएको अधिकार उपभोग गर्न पाउनुपर्छ भन्ने लडाइँमा रहेको नेता शर्माको भनाइ छ ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत अब सोच्ने बेला भएको बताए ।