आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

गोकर्णेश्वर खबर८ माघ २०७७, बिहीबार ११:४१ मा प्रकाशित (३ साल अघि) ६२४ पाठक संख्या

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । केहीदिनयता बढ्दो क्रममा रहेको छापावाल सुन अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँ बढेर तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको हो । बुधबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।