आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सर्लाहीमा बस दुर्घटना : २ जनाको मृत्यु,१७ घाइते

गोकर्णेश्वर खबर८ माघ २०७७, बिहीबार ११:१७ मा प्रकाशित (३ साल अघि) ४९९ पाठक संख्या

काठमाडौं – सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् ।

राजकुमारीको घटनास्थलमै र रिताको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

बस दुर्घटनाको कारण खुलेको छैन ।