आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

टिचिङको कोरोना आईसीयूमा कार्यरत डाक्टरमाथी कुटपिट,१ जना पक्राउ

गोकर्णेश्वर खबर६ माघ २०७७, मंगलवार २१:४१ मा प्रकाशित (३ साल अघि) ९५० पाठक संख्या

काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भएको कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कोभिड–१९ का कारण आईसीयूमा उपचाररत विरामीको मृत्युपछि भएको कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले बताए ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर गौतमसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । त्यसपछि उपचारमा संलग्न डाक्टर सविन भण्डारीमाथि कुटपिट भएको थियो ।