आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

मेयर सन्तोष चालिसेको आग्रह सुरेश लामालाई भोट दिएर जिताऔं

गोकर्णेश्वर खबर६ माघ २०७७, मंगलवार २१:४८ मा प्रकाशित (३ साल अघि) ४८६ पाठक संख्या

६ माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले वाई–वाई नेपाल स्टारमा टप चारमा पुगेका सुरेश लामालाई भोट दिएर सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

आज जोरपाटि चोकमा सुरेश लामा जिताऔं अभियान अन्र्तगत भएको साँस्कृतिक कार्यक्रममा मेयर सन्तोष चालिसेले सुरेश लामा गोकर्णेश्वर नगरपालिकाको ग्रामिण क्षेत्र तारेभिरमा बस्ने प्रतिभावान सम्पत्ति भएकोले सबैले वाई–वाई नेपाल स्टार बनाउन आफ्नो तर्फबाट भोट हालेर सहयोग गर्न अपिल गरेका छन् । उनले वाई–वाई नेपाल स्टारमा टप चारमा पुगेका सुरेश लामालाई जिताउन भूमिका खेल्न समेत नगरवासीहरुलाई आग्रह गरे ।

कार्यक्रममा उपमेयर शान्ति नेपाल, प्रमुख सल्लाहकार दीपक रिसाल, गोनपा वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं. ५ का अध्यक्ष नारायण सुवेदी, वडा नं. ८ का वडा अध्यक्ष मनोज ढुँगाना, बौद्ध क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वशन्त लामा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वाई–वाई नेपाल स्टारमा टप चारमा पुगेका सुरेश लामा, रेश्मा भोम्जन लामा , बसन्ती लामा , प्रदिप लामा र पासाङ्ग लामा लगायतका कलाकारहरुले आफ्नो साँगीतिक प्रस्तुति दिएका थिए । (रविराज रिमाल)