आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

भारतमा खोप लगाएका ५८० जनामा साइडइफेक्ट, दुई जनाको मृत्यु

गोकर्णेश्वर खबर६ माघ २०७७, मंगलवार ०९:४० मा प्रकाशित (३ साल अघि) ३२९ पाठक संख्या

एजेन्सी- भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ ।

सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।

शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म ३ लाख ८१ हजार जनाले खोप लगाइसकेको जनाइएको छ ।