आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

प्रतिनिधिसभा विघटनविरुद्ध घडी बोकेर विवेकशीलको प्रदर्शन

गोकर्णेश्वर खबर४ माघ २०७७, आईतवार १६:३२ मा प्रकाशित (३ साल अघि) ४६६ पाठक संख्या

विवेकशील पार्टीले आइतबार माइतीघर मण्डलमा घडी बोकेर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको छ ।

विवेकशील पार्टीले नागरिकहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने समयमा शक्ति दुरुपयोग गरेर देशलाई अप्ठ्यारो परिस्थितिमा धकेल्ने काम भएको आरोप लगाएको छ । पार्टीले सरकारलाई ‘कु’ मतिमा नलाग्न अनुरोध गरेको छ ।

‘पार्टीले भोलि बिहान साढे १० बजे आफ्नो अन्तिम प्रदर्शन गर्दैछ,’ पार्टीकी नेतृ संगीता बाटाजुले जानकारी दिइन् ।

साथै, विवेकशील पार्टीले पार्टीभित्र र बाहिर छलफल गरी अधिनायकवाद विरुद्धका थप कार्यक्रम अगाडि बढाउने पनि बताएकी छन् ।

विवेकशील पार्टीले विगत २८ दिनदेखि संसद विधटनविरुद्ध प्रदर्शन गर्दै आएको छ ।