आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

मनोहरा जेसिजको ५ औं पदस्थापन तथा पुरस्कार कार्यक्रम भब्य रुपमा सम्पन्न

गोकर्णेश्वर खबर३ माघ २०७७, शनिबार ११:३६ मा प्रकाशित (३ साल अघि) ६२९ पाठक संख्या

काठमाडौं  ।विगत लामो समयदेखी सामुदायिक क्षेत्रमा कार्यरत संस्था मनोहरा जेसिजको ५ औं पदस्थापन तथा पुरस्कार कार्यक्रम भब्य रुपमा  सम्पन्न भएको छ । बुधबार मुलपानी चौर स्थित हेभन क्याफे एण्ड भान्छा घरमा एक कार्यक्रमका बीच मनोहरा जेसिज वर्ष २०२० का अध्यक्ष निशान्त गौतमको  सभापतित्वमा भएको पदस्थापन कार्यक्रममा नया कार्यसमिति समेत  चयन गरिएको थियो  ।

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसी  अरुणेश्वर खनाल, जेसिजका राष्ट्रिय उपाध्यक्ष  जेसी  रजनी थापा, नेपाल जेसिज वर्ष २०२१कि राष्ट्रिय उपाध्यक्ष जेसी  पर्मिशा काफ्ले, नेपाल जेसिज वर्ष २०२१ असाइन भपी गौतम शाह नेपाल जेसिज वर्ष २०२१का  राष्ट्रिय कोषाध्यक्ष जेसी रबिन्द्र भट्टराई, नेपाल जेसिजका राष्ट्रिय सचिब  जेसी विकास मानन्धर  नेपाल जेसिज वर्ष २०२१का  नेसनल जी एन सी  जेसी गोकुल सापकोटा , नेपाल जेसिज वर्ष २०२१का  राष्ट्रिय इ भी पी जेसी भोजराज चापागाई, नेपाल जेसिज वर्ष २०२१का नेसनल इ भी पी जेसी सुमनकृष्ण श्रेष्ठ मनोहरा जेसिजका संस्थापक अध्यक्ष जेसीजगत राज ढुंगाना, बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिका कि उप प्रमुख शान्ती नेपाल, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ का क्षेत्रीय सभापति उपेन्द्र कार्की, संबिधान सभा सदस्य दिपक कुइकेल  कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल,बिपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेल, समाज सेवी तथा नेपाल भलिबल संघका उपाध्यक्ष लायन कुमार राज सुवेदी,  नेपाल तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजी खड्का,  लगायत जेसिजका पदाधिकारीहरुकोउपस्थिति रहेको थियो  ।

 राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा जेसी प्रमिला चापागाईले जेसीज आस्था गान बाचन गरेकी थिइन।कार्यक्रमका प्रमुख अतिथि  नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसी  अरुणेश्वर खनालले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए।कार्यक्रममा मनोहरा जेसिज वर्ष २०२० का अध्यक्ष निशान्त गौतमले वर्ष दिन भरि मनोहरा जेसिज बाट भए गरेका कामहरुको बारेमा जानकारी गराएका थिए।

लामो समय पश्चात मनोहरा जेसिजले स्थानीय ब्यक्ति अध्यक्षमा पाएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १  निवासी जेसी सागर रोक्का मनोहरा जेसिजको बर्ष २०२१को अध्यक्षमा चुनिएका छन। सोहि कार्यक्रममा निर्वाचित अध्यक्ष सागर  रोक्कालाई वर्ष २०२० का अध्यक्ष निशान्त गौतमले चेन हस्तान्तरण सहित सपथग्रहण गराई पदस्थापन गराएका हुन् । यसैगरी अध्यक्षजेसी  सागर रोक्काले वर्ष २०२१ का लागि मनोनित गरिएका  सदस्य र निर्वाचित सदस्यहरुलाई सामुहिक सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसी  अरुणेश्वर खनाल  ले टिममा मिलेर नेतृत्व विकासका साथै समाजसेवामा उदाहरणीय कार्य गर्न आग्रह सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।नेतृत्व र व्यक्तित्व विकास गरि समाजको असल र जिम्मेवार नागरिक बनाउनु नै जेसिजको उदेश्य रहेको बताए उनले वर्ष २०२१मा युवा लक्षित गरि रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्नुपर्ने मा जोड दिएका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले युवाहरूमा सामाजिक भावनाको विकास गराउँदै उनीहरूको व्यक्तित्व विकास जस्ता विविध पक्षलाई अघि बढाउन  मनोहरा जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै मनोहर जेसिज बर्ष २०२१का अध्यक्ष सागर रोक्कालेआफ्नो कार्यकालमा गरिने कार्यहरुको बिवरण पेश गर्दै आफनो भनाई राखेका थिए।उनले  सबैसँग मिलेर युवाहरुको नेतृत्व क्षमता विकासका साथै समाजसेवाको क्षेत्रमा पनि मनोहरा जेसिजलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए। उनले कागेश्वरी मनोहराका ९ वटै वडा समेटेर सार्थक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए  । कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।