आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

काभ्रेमा नेकपाका सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

गोकर्णेश्वर खबर२८ मंसिर २०७७, आईतवार ०६:५० मा प्रकाशित (३ साल अघि) १२२४ पाठक संख्या

काभ्रे । काभ्रेमा नेकपा परित्याग गरि १ सय ५० जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन । नेपाली कांग्रेस चौरी देउराली गाउँपालिका ६ साबिकको कात्तिके देउराली द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई कांग्रेस नेताहरुले स्वागत गरे ।

सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, काभ्रे १ का संविधान सभा सदस्य एवम् प्रभावशाली विकासप्रेमि युवा नेता तीर्थ लामा, नेपाल तरुण दल काभ्रे जिल्ला अध्यक्ष दावा लामा लगायत जिल्ला क्षेत्र स्तरका नेताहरुको उपस्थितिमा रहेको थियो ।

नव प्रवेशीले नेपाल कम्युनिष्ट पार्टीले सँधै झुठो आस्वासन मात्र दिएर दुख दिएकाले नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् । सो कार्यक्रम कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले नेपाल र नेपालीलाई समृद्ध बनाउने कांग्रेस पार्टी मात्र भएको प्रस्ट पारे । यसैगरी नेपाली कांग्रेसका युवा नेता तिर्थ लामाले नव प्रवेशीकाहरूलाई हार्दिक स्वागत गर्दै तमाम युवाहरू ले जोस जाँगरलाई अरु कुनै पार्टीमा बसेर खेर नफाल्न आग्रह गरे । उनले अब पुन यो देशको बागडोर नेपाली कांग्रेसको काँधमा आएको हुनाले सबै युवाहरुलाई कम्युनिष्टको झुठा लोभ र लालचबाट जोगिन आग्रह गरेका छन् । सो कार्यक्रममा नेपाल कांग्रेसका प्रदेश सभापति राम योन्जन, उप सभापति बेल लामा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष दावा लामा लगायतका नेताहरुले आफ्नो मन्तब्य राखेका थिए ।