आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

थप ८ सय ९९ लाई कोरोना संक्रमण, १५ जनाले ज्यान गुमाए

गोकर्णेश्वर खबर२७ मंसिर २०७७, शनिबार १७:१३ मा प्रकाशित (३ साल अघि) ५७१ पाठक संख्या

पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५,२४२ पिसिआर परिक्षण गरिएकोमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अब नेपालमा ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप  १३ सय ५९ जनाले कोरोना जितेका छन् । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६८९ पुगेको छ ।