आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सरकार विरूद्ध देशव्यापी प्रदर्शनका लागि आउनुस् सडकमा : कांग्रेस काठमाडौं क्षेत्र नं ३ सभापति (भिडियो)

गोकर्णेश्वर खबर२७ मंसिर २०७७, शनिबार १६:३३ मा प्रकाशित (३ साल अघि) ११४९ पाठक संख्या

काठमाडौं : नेपाली कांग्रेसले सडकबाट सरकारको विरोध प्रदर्शन गर्ने भएको छ।

मंसिर २९ मा देशैभरको प्रदर्शनमा सहभागी हुन कांग्रेसले आह्वान गरेको छ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का सभापति सन्तोष चालिसेले भिडियो सन्देश दिँदै भनेका छन्-यही मंसिर २९ गते सोमबार हामी एकसाथ सडकमा ओर्लदै छौं। विसंगतिहरूको विरूद्धमा, लोकतन्त्रको पक्षमा तपाईं त्यो दिन के गर्दै हुनुहुन्छ?

मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनेको प्रदर्शनका लागि क्षेत्रीय पदाधिकारी एवं सदस्यहरु,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि ,जिल्ला सदस्य ,इकाई सभापति एवं पदाधिकारी ,नगर सभापति एवं पदाधिकारी, सम्पुर्ण भातृ संघका सभापति एवं पदाधिकारी ,बुथ प्रतिनिधि , नेपाली कांग्रेस क्रीयाशिल सदस्यहरु ,महिला समुह ,आमा समुह लगायत सम्पुर्ण शुभचिन्तक महानुभावहरुलाई भिडियोमार्फत नै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।

कांग्रेसले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत  घटनामा सरकार उदासीन बनेको भन्दै देशभर प्रदर्शन गर्न लागेको हो ।